कोरोनाका कारण माओवादी केन्द्रीय सदस्य विष्णुलाल वाइवाको निधन — OSNepal

कोरोनाका कारण माओवादी केन्द्रीय सदस्य विष्णुलाल वाइवाको निधन

LC (KTM) June 04, 2021 0

सिरहा । नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ। उनको कोरोनाका कारण निधन भएको बताइएको छ ।

सिरहा निवासी ७८ वर्षीय वाइवाको २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो । आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको बताइएको छ । एक साताअघि गरिएको परीक्षणमा उनको कोरोना रिर्पोट नेगेटिभ आएको थियो । । सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए । सिरहाको कर्जन्हा नगरपालिका बडहरा मिर्चैया निवासी वाइबाको आज बिहान कमला नदीमा दाहसंस्कार हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर