उदयपुरको सुरक्षाका बारेमा मन्त्री कार्कीको चासो, के अपराध बढेकै हो उदयपुरमा ? — OSNepal

उदयपुरको सुरक्षाका बारेमा मन्त्री कार्कीको चासो, के अपराध बढेकै हो उदयपुरमा ?

LC (KTM) February 09, 2022 0

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकाय सङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्लामा सुरक्षाको व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको बताउनुभयो । सम्भावित आपराधिक गतिविधिलाई ख्याल गर्दै प्रहरी उच्च सतर्कतामा रहेको उहाँले जानकारी दिनुभयो । उदयपुरका प्रहरी प्रमुख सुवास चन्द्र बोहराले जिल्लामा प्रहरी भ्यानको आवश्यकता परेको बताउनुभएको छ ।

मन्त्री कार्कीले जिल्लामा सुरक्षा कायम गर्न सरकारले आवश्यक काम गर्ने बताउनुभयो । जिल्लामा रहेका प्रहरी कार्यालयको मर्मत सम्भार, नयाँ भवन निर्माणमा सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर