प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता हुने — OSNepal

प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता हुने

LC (KTM) February 09, 2022 0

काठमाडौं, २६ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ ।

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग भेटवार्ता गरेन लागेका हुन् ।
भेटवार्ता बिहीबार विहान ९ बजेका लागि प्रचण्ड निवास खुमलटारमा हुने तय भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

कोइरालाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसक्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिएका थिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर