संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको गर्नको लागि तीन दलको राष्ट्रपतिलाई संयुक्त अपिल — OSNepal

संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको गर्नको लागि तीन दलको राष्ट्रपतिलाई संयुक्त अपिल

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै विपक्षीदलहरुले राष्ट्रपति समक्ष नयाँ सरकार गठनको लागि आह्रान गरेका छन् । तीन विपक्षीदलहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतको आधारमा नयाँ सरकार गठन गर्न आग्रह गरेका हुन् ।

संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपति भण्डारीलाई कांग्रेस माओवादी र जनता समाजवादी पार्टी संयुक्त अपील गरेको हो ।
ओलीले विश्वासको मत गुमाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार गठनको लागि राष्ट्रपति समक्ष संयुक्त अपिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर