विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव — OSNepal

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव

LC (KTM) June 04, 2021 0

लिपसिग-विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो । हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ ।

उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए । अध्ययन विषेश गरेर गत बर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ । त्यही समयमा अघिल्ला बर्षहरुमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । “इन्भारोमेन्ट रिसर्च लेटर्स”मा प्रकाशित यो अध्ययन जर्मनीको लेइप्जीङ विश्वविद्यालयका प्राध्यापक जोहन्स क्वासको नेतृत्वमा गरिएको हो । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर