काठमाडौ ।नेपालमा कोरोना भयावह भएको निष्कर्ष सहित सोमवारवाट बंगलादेशले पनि नेपालसँग हुने उडान बन्द गरेको छ । नेपालमा कोरोना महामारी बढ्दै गएका कारण बंगलादेशले यस्तो निर्णय लिएको हो । अन्तराष्ट्रिय संचार माध्यमले जनाए अनुसार बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय लिएको हो ।बंगलादेशको उड्डयन प्राधिकरणले विज्ञप्ती जारी गर्दै भनेको छ ‘कोरोना फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ । ए समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम छ’ ।
यो पनि पढ्नुहोस – घरघरमै सङ्क्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मी : झापा, २७ वैशाख ९रासस० ः झापा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले कोभिड १९ का सङ्क्रमितका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । सङ्क्रमितको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य समस्या बुझ्न स्वाथ्यकर्मीले दैनिक फोन गर्ने र घरमै पुग्ने गरेका हुन् । सात वटा वडा रहेको पालिकामा यतिबेला ३८ जना सक्रिय सङ्क्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो ।
उहाँले होम आइसोलेसनमा रहेका प्रत्येक सङ्क्रमितका घरघर पुग्ने र उनीहरुलाई टेलिफोनबाट समेत परामर्श दिने गरेको बताउनुभयो । “अस्पतालमा भन्दा घरमै स्याहार हुन्छ, पोषिलो खानेकुरा र परिवारको हौसलाले पनि बिरामीको आधा बिमार निको हुन्छ”, उहाँले भन्नुभयो, “थप समस्या आउन नदिन र अक्सिजनको मात्रा नाप्नका लागि हामी घरघर पुग्ने गरेका हौं ।”
यतिबेला पालिकामा एकजना एमवीवीएस डाक्टर, तीन जना सिनियर अहेबसहित पाँच स्वास्थ्यकर्मीले सङ्क्रमितको अवस्थाबारे बुझ्ने र घरमै पुगेर परामर्श दिने काम गरिरहेका छन् । यतिबेला वडा नम्बर ३, ४, ५ र ६ मा एउटै परिवारमा चारदेखि पाँच जनासम्म कोरोना सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितको घरमा पुग्दा कतिपयको आर्थिक अवस्था नाजुक भएका कारण बिरामीलाई चाहिने प्रोटिन र भिटामिनयुक्त खानेकुराको अभाव समेत पाइएको बताउनुभयो । “सङ्क्रमितले मल्टिभिटामिनयुक्त झोलिलो र पोषिलो खानेकुरा खानुपर्छ”, उहाँले भन्नुभयो, “कतिपयको घरमा अहिले खाए भरे के खाउ भन्ने अवस्था देखियो ।”
उहाँले भोलिदेखि नै विपन्न समुदायका सङ्क्रमित परिवारलाई मल्टिभिटानमिनयुक्त खानेकुराको समेत व्यवस्था गर्ने बताउनुभयो । प्रमुख विश्वकर्माले पोषिलो खानेकुराले प्रतिरोधात्मक क्षमता बढाउने हुँदा अति विपन्न परिवारका सङ्क्रमितलाई अण्डा, फलफूललगायत खानेकुरा वितरण गरिने बताउनुभयो ।
हाल आठ दिनदेखि वडा नम्बर ४ स्थित होम आइसोलेसनमा बस्नुभएका सुजन कोइराला र मस्ताफा अन्सारीले स्वास्थ्यकर्मीको व्यवहारले खुशी भएको बताउनुभयो । उहाँहरुले स्वास्थ्यमा समस्या भएको जानकारी गराउने वित्तिकै स्वाथ्यकर्मी औषधि लिएर घरमै आउने गरेको बताउनुभयो । “अरुतिर के छ थाहा छैन”, मस्ताफा अन्सारीले भन्नुभयो, “दैनिक जसो पालिका स्वाथ्यकर्मीले मोवाइलमा फोन गरेर र घरमै भेट्न आएर स्वास्थ्य अवस्था बुझ्दा पनि आधा रोग निको भएको महशुस हुँदोरहेछ । मैले कोरोनालाई जितेको अनुभूति गर्न थालें ।”
उहाँका अनुसार स्वास्थ्यकर्मीले अक्सिमिटरद्घारा सङ्क्रमितको अक्सिजन नाप्ने, ज्वोरो हेर्ने र आवश्यकता अनुसार पारासिटामोल, भिटामिनलगायत दिने गरेका छन् । प्रमुख विश्वकर्माले यो पालिका भारतको विहारसँग सीमाना जोडिएको हुँदा थप जोखिम रहेको बताउनुभयो । उहाँले हाल कोरोनाको सङ्क्रमण छ छैन भनेर जाँच गर्ने एन्टीजोन नै सकिएको हुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले जिल्ला स्वाथ्य कार्यालय झापामा समेत एन्टीजोन नभएको जानकारी दिनुभयो ।–