स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक : लोसपा नेपाल — OSNepal

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक : लोसपा नेपाल

LC (KTM) February 09, 2022 0

काठमाडौं, २६ माघ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

लोसपाका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको शासनलाई सृदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ ।

यस्तै, जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधीको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ ।

यदि यस्तो भएमा संविधानको मर्म र भावनाविपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्वन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर