हिन्दुवादी पार्टी खोल्दै थापा — OSNepal

हिन्दुवादी पार्टी खोल्दै थापा

LC (KTM) February 09, 2022 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापा नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्।
नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने थापाका सहयोगी राजाराम बड्तौलाले बताए। उनका अनुसार नयाँ पार्टीले हिन्दु धर्मको अजेन्डालाई उच्च प्राथमिकतामा राख्ने भएको छ। राजतन्त्रको अजेन्डा राख्ने कि नराख्ने, टुंगो नलागेको उनले बताए। ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ। एकदुई दिनमै घोषणा हुन्छ’, बड्तौलाले भने।

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिनेछैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो। २०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए। नागरिक दैनिकमा छापिएको छ ।

यतिखेर राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताले त्यस घटनालाई स्मरण गरेका छन् । थापा निकट एक नेताले भने, ‘उहाँ (थापा) ले राप्रपा फुटाउने छैन भन्नुभएको हो । नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडेमा पार्टी फुटाएको सन्देश जान्छ तर अर्को नाम राखी पार्टी घोषणा गरेमा फुटाएको सन्देश जाने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर