टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी, खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू — OSNepal

टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी, खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू

LC (KTM) June 04, 2021 0

टोकियो-टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भन्नुभयो, “कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहेपनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिनेछन् ।”“मलाई विश्वास छ (समारोह) ले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ,” हाशिमोतोले भन्नुभयो ।“हामीसँग अब ५० दिन मात्र बाँकी छ,” उहाँले भन्नुभयो । “यतिबेला समुद्र पार गरेर टोकियोमा भेला हुने खेलाडीका चाललाई मैले सुन्न वा देख्न थालेको छु ।”

होशिमोतोले स्थानीय एक खेलकूद् पत्रिका निक्कानसँग भन्नुभयो, “यदि विश्वका विभिन्न देशहरूले धेरै गम्भीर अवस्थाको अनुभव गरेका र धेरै जसो देशहरूबाट खेलका लागि प्रतिनिधिमण्डलहरू आउन नसकेका भए हामी ओलम्पिक गर्न असमर्थ हुने थियो । सहयोग र समर्थनका लागि विश्वका सबै खेलसँग सम्बन्धित खेलाडी र त्यहाँका सरकार तथा खेलकूद् संस्थाहरूप्रति टोकियो खेल आयोजक समिति आधार व्यक्त गर्न चाहन्छ ।” अहिलेकोभन्दा निकै प्रतिकुल समय नआएमा खेलहरू रद्द नहुन उहाँले बताउनुभयो । जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा मे को अन्तिमदेखि कमी आउन थालेको छ । बिहीबार टोकियो नगर क्षेत्रका ५०६ सङ्क्रमितसहित दुई हजार ८०० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर