भोली बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित — OSNepal

भोली बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । भोली बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले दिएको जानकारी अनुसार अन्तिम समयमा आएर बैठक स्थगित भएको हो । यस अघि पनि माघ १६ गते बोलाइएको बैठक स्थगित भएको थियो ।

संसद सचिवालयले दिउँसो मात्र भोली बस्ने संसद बैठकको सम्भावित कार्यसुची सार्वजनिक गरेको थियो । जसमा एमसीसी परेको थिएन ।

भोली बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर