स्थानीय तह निर्वाचनको लागि एमालेले सार्वजनिक गर्यो सातै प्रदेशमा प्रशिक्षणको समय तालिका र स्थान — OSNepal

स्थानीय तह निर्वाचनको लागि एमालेले सार्वजनिक गर्यो सातै प्रदेशमा प्रशिक्षणको समय तालिका र स्थान

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

सातै प्रदेशको समय तालिका र स्थान पनि एमालेले सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । तथापी, सरकारले भने वैशाख ३० गते नै एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रशिक्षणको समय तालिका र स्थान;
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवलरदाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर