सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक — OSNepal

सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । चौतर्फी आलोचना खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । सापकोटाले बैठक भोली बुधबार बिहान ११ बजेका लागि बोलाएका हुन् ।

उक्त कार्यव्यवस्था परामर्श समिति बैठक बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बोलाइएको हो ।

एमसीसी संसदमा टेबुल गर्ने सरकारले जानकारी दिएपछि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएको जनाइएको छ ।

आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुखलाई भेटेर एमसीसी टेबुल गर्नेबारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर