पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’काे संज्ञा — OSNepal

पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’काे संज्ञा

LC (KTM) February 08, 2022 0

काठमाडौं, २५ माघ -एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै उनकै पार्टीले ‘गद्धार’ को संज्ञा दिँदै निष्काशन गरेको हो ।

एनेकपाको १४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीको नयाँ नेतृत्वमा आलोक रायमाझीलाई सर्वसम्मत चयन गरेको छ । ‘१४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गोपाल किराँतीलाई गद्धार घोषणा गर्दै निष्काशनको कारवाही गरेको छ । साथै, उक्त बैठकले आलोक रायमाझीर्लाइ सर्वसम्मतिले केन्द्रीय समिति अध्यक्ष निर्वाचित गरेको छ,’ एनेकपाद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबीचमा अदालतको फैसालाले हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जर्वजस्ती माओवादी केन्द्र थमाइयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर