५ हजार १०३ जना संक्रमणमुक्त हुँदा ११ जनाले भने गुमाए अकालमै ज्यान — OSNepal

५ हजार १०३ जना संक्रमणमुक्त हुँदा ११ जनाले भने गुमाए अकालमै ज्यान

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको ज्यान गएको छ । साथै पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर