कमल थापाले पोखे दुखेसो : राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ तर मलाई हराएर उहाँले के पाउनुभयो ? — OSNepal

कमल थापाले पोखे दुखेसो : राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ तर मलाई हराएर उहाँले के पाउनुभयो ?

LC (KTM) February 08, 2022 0

मकवानपुर २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट अलग भएको घोषणा गरेका पूर्वअध्यक्ष कमल थापाले अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोक्न नसकिने
खुलासा गरेका छन् ।

गृह जिल्ला हेटौंडा पुगेका उनले आफूनिकट नेताहरुसँगको अन्तक्रियामा यस्तो खुलासा गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहले गर्दा आफु गएको महाधिवेशनमा उठेको बताएका उनले भनेका छन् , ‘अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं । राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’

आफूलाई पुर्व राजा ज्ञानेन्द्रले पछाडीबाट छुरा हानेको आरोप लगाएका थापाले पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर