विराटनगर–१८ क्षेत्रलाई सरकारबाट बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा — OSNepal

विराटनगर–१८ क्षेत्रलाई सरकारबाट बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । मोरङको विराटनगर महानगरपालिका–१८ मा रहेको क्षेत्रलाई सरकारले बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरिएको हो ।

साथै सोमबारको बैठकले फेवातालको जलाधार संरक्षण क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर