काठमाडौं २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पुर्व अध्यक्ष कमल थापाले पार्टीबाट अगल भएको घोषणा अनपेक्षित भएको बताएका छन् ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै नेता थापाले आफु पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
त्यस लगत्तै अध्यक्ष लिङदेनले यो घोषणा दुभाग्यपुर्ण भएको भन्दै उनले आफुहरुले थापाको सल्लाह सुझावमा समाधानको खोज्न प्रयास समेत गरिरिहेको बताएका छन् ।
गएको मंसिरमा अध्यक्षमा उम्मेदवारी दिएका थापा परिाजित भएका थिए ।
यो पनि…
राप्रपाका पुर्व अध्यक्ष कमल थापाले गरे पार्टीबाट अलग भएको घोषणा
काठमाडौं २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले आफु पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आजबाट आफु राप्रपाबाट अलग भएको बताएका हुन् ।
‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’
उनले भनेका छन् ।
पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले आफु पार्टीबाट अलग भएको भन्दै थापाले आज एक विज्ञप्ती जारी गरेका छन् ।
मंसिरमा भएको पार्टीको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा रुष्ट हुँदै गएका थिए । अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।