अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग भएको कमल थापाको घोषणा — OSNepal

अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग भएको कमल थापाको घोषणा

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले आफु पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आजबाट आफु राप्रपाबाट अलग भएको बताएका हुन् ।

‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’
उनले भनेका छन् ।

पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले आफु पार्टीबाट अलग भएको भन्दै थापाले आज एक विज्ञप्ती जारी गरेका छन् ।

मंसिरमा भएको पार्टीको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा रुष्ट हुँदै गएका थिए । अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर