प्रतिक्रियावादीहरु माओवादीलाई परास्त गर्न घेरा हाल्न खोजिरहेका छन् : प्रचण्ड — OSNepal

प्रतिक्रियावादीहरु माओवादीलाई परास्त गर्न घेरा हाल्न खोजिरहेका छन् : प्रचण्ड

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।

मंलबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तरुवा लगायतलाई पार्टी प्रवेश गराउने क्रममा उनले यस्तो बताएका हुन् ।

देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु आफ्नो पार्टीमाथि घेरा हाल्न लागि परेको बताएका उनले कसैले घरा हालेर माओवादीलाई परास्त गर्न नसक्ने बताएका हुन् ।

‘माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ’प्रचण्डले भने ।

सबै एक भएर प्रतिक्रियावादीविरुद्ध लड्नुपर्ने बताएका उनले माओवादी शक्तिहरु अब सबै एक हुनुको विकल्प नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर