सभामुखविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुन सक्छ , जसको सय जना सांसद हस्ताक्षर गर्न तयार छौं — OSNepal

सभामुखविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुन सक्छ , जसको सय जना सांसद हस्ताक्षर गर्न तयार छौं

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुन सक्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुख विरुद्ध महाभियोग प्रस्तावमा सय जना सांसद हस्ताक्षर गर्न तयार रहेको भन्दै यस्तो बताएका हुन् ।

कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एक कार्यक्रममा एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस, पास या फेल हुने कुरा एउटा कुरा हो भनेको विषयलाई नेता बस्नेतले स्मरण गराएका छन् ।

‘अहिले नै पार्टीको निर्णय नभईकन मैले भन्न त हतार होला, त्यो विषय पनि एउटा विषय हुनसक्छ, राजनीतिक घट्नाक्रम कसरी विकास हुन्छ : एउटा परिस्थिति त्यो हनुपनि सक्छ । तयारी गर्नै परेन नि ? हामी सय जना स्ट्याण्डबाई छौं।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर