कमल थापालाई लक्षित गर्दै उपाध्यक्ष ध्रुवबहादुर प्रधानले भने, पार्टी खोलेर मात्र हुँदैन, सहयोगी हातहरु पनि चाहिन्छन् — OSNepal

कमल थापालाई लक्षित गर्दै उपाध्यक्ष ध्रुवबहादुर प्रधानले भने, पार्टी खोलेर मात्र हुँदैन, सहयोगी हातहरु पनि चाहिन्छन्

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष नेता ध्रुवबहादुर प्रधानले पुर्व पार्टी अध्यक्ष कमल थापा पार्टी फुटाउने पक्षमा नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा सहभागी भएका नेता प्रधानले थापा आफैले स्थापना गरेको राप्रपा नफुटाउने दावी गरेका छन् ।

वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनसँग थापाको सम्पर्क भएको भन्दै अध्यक्ष लिङदेन पनि फुटर जाओस् भन्ने चाहानामा नभएको बताएका छन् ।

‘हिजोको बैठकमा म पनि थिएँ । मसँग हिन्दुवादी पार्टी खोल्ने कुरा भएको छैन । मलाई लाग्छ, राप्रपा फुटको संघारमा छैन ‘ उनले भने ।

पार्टी फुट्ने स्थितिमा आफू जोड्ने पहलमा लागि पर्ने बताएका उनले कार्यक्रममा नेता कमल थापाले गीता छोएर पार्टी नफुटाउने कसम खाएको स्मरण गर्न गराएका छन् ।

अहिलेको अवस्थामा नयाँ दल गठनको सम्भावना नरहेको भन्दै नेता प्रधानले
नयाँ दल गठनको सम्भावना नभएको दावी गरेका छन् ।

पार्टी कार्यकर्ता, मुलुक र जनताको हितभन्दा बाहिर गएर नेता थापाले पाटी फुटाउने वा नयाँ दल गठन गर्ने कुरा हुन नसक्ने बताएका छन् । ‘पार्टी खोलेर मात्र हुँदैन, सहयोगी हातहरु पनि चाहिन्छन् ‘ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर