स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाउने — OSNepal

स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाउने

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारी अनुसार वैशाख ३० गते हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नपाउने बताएका हुन् ।

चुनावको समय अपुग भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार पनि विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका हुन् । एकै चरणमा हुने निर्वाचनको आज देखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु भएको छ ।

चुनावी प्रक्रिया फास्ट ट्र्याकबाट काम गरिने पनि आयुक्त थपलियाले बताएका छन् । यस पालि अघिल्लो निवार्चन भन्दा २० लाख मतदाता थपिने अनुमान समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर