नेपाली फुटबल फ्यानका लागि खुशीको खबर , चाईनिज ताइपेइ बिरुद्ध नेपालको एक गोलको अग्रता — OSNepal

नेपाली फुटबल फ्यानका लागि खुशीको खबर , चाईनिज ताइपेइ बिरुद्ध नेपालको एक गोलको अग्रता

LC (KTM) June 03, 2021 0

विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा अहिले चाइनिज ताइपेई र नेपालबीचको खेल जारी रहेको छ ।

अहिले मैदानमा भिडिरहेको नेपालले चौथो मिनेटमै अग्रता लिएको छ। कुवेतको रंगशालामा भइरहेको खेलमा नेपालका लागि अन्जन विष्टले गोल गरे। अन्जनले पेनाल्टीमा गोल गरेका हुन्। पहिलो हाफ जारी रहँदा नेपाल १-० गोलले अगाडि छ।

समूह ‘बी’मा रहेको नेपालको पाँच खेलबाट ३ अंक छ। समान खेल खेलेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन। पाँच वटा टोली रहेको यो समूहमा नेपालले यसअघि चाइनिज ताइपेईविरुद्ध भएको खेलमा २-० गोलको जित हात पारेको थियो। त्यस खेलमा पनि दुवै गोल अन्जनले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर