अमेरिकाले नेपाललाई दिने भयो ५० लाख डोज खोप — OSNepal

अमेरिकाले नेपाललाई दिने भयो ५० लाख डोज खोप

LC (KTM) June 03, 2021 0

काठमाडौं-अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउन लागेको को राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले बताए ।

राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले लेखेका छन् सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड(१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ ।

हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले अमेरिकालाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर