पुर्व जर्ज सोनु निगमले गरे इण्डियन आइडलका बारेमा सनसनिपुर्ण खुलासा, बिबाद सुल्झाउन निर्माण पक्षलाई गरे यस्तो अपिल — OSNepal

पुर्व जर्ज सोनु निगमले गरे इण्डियन आइडलका बारेमा सनसनिपुर्ण खुलासा, बिबाद सुल्झाउन निर्माण पक्षलाई गरे यस्तो अपिल

LC (KTM) June 03, 2021 0

गायन प्रतियोगिताको प्रमुख स्टेज मानिएको इण्डियन आइडल दिन दिनै बिबादीत बन्दै गईरहेको छ । यस शो का बरेमा अनेक टिका टिप्पणी सुरु भएको छ । पुर्व जर्ज समेत रहेका कतिपय गायक गायिकाहरुले शो का बिषयमा आ आफ्नो राय प्रकट गरिरहेका छन् ।

सुनिधी चौहान बोलेको केही दिनपछि फेरि पुर्व जर्ज समेत रहेका सोनु निगमले शो का बारेमा टिप्पणी गरेका छन् । उनले अमित कुमार एकदमै सोझो र सिधा मान्छे रहेको बताउँदै यस रियालीटि शो का निर्माताहरुले उनको गलत रुपमा फाईदा लिएको आरोप लगाएका छन् ।

आफू पैसाका लागि इन्डियन आइडलको एपिसोडमा गएको बताएपछि विवादमा आएका अमित कुमारको पक्षमा आइडलको जज रहिसकेका गायक सोनू ले साथ दिएका हुन् । उनले एक भिडियो शेयर गर्दै शोका निर्माताहरुलाई यो विवाद अत्यन्तै बल्झिरहेको भन्दै चाँडो सुल्झाउन अपिल गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर