स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले माग्यो १२ अर्ब — OSNepal

स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले माग्यो १२ अर्ब

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले १२ अर्ब रुपैंया लाग्ने बताएको छ । आयोगले आफ्नो कार्यालयलाई मात्र १२ अर्ब रुपैयाँ लाग्ने जनाएको हो ।

यो बजेट अघिल्लो पटक चुनावको भन्दा चार अर्ब बढी हो । एकै चरणमा निर्वाचन हुने भनेपछि आयोगले धेरै खर्च लाग्ने बताएको हो । यो पटक २० लाख मतदाता थपिएको बताएको आयोगले ३० प्रतिशत खर्च बढ्ने जनाएको छ ।

आयोगले सात प्रदशेका ७० वटा निर्वाचन कार्यालय, ७५३ निर्वाचन अधिकृतको कार्यालयमा खर्च गर्ने गरी सरकारसँग सो रकम केहि दिन अगाडी मात्र प्रतिवेदन बुझाएको थियो ।

आयोगले दिएको जानकारी अनुसार निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च र अन्य सुविधामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर