सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन कार्य — OSNepal

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन कार्य

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आगोगले मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएको छ।

भोली मंगलबारबाट लागु हुने गरी आयोगले नामावली संकलन कार्य बन्द गर्ने भएको आयोगका प्रवक्ता शालिकराम शर्मा बताएका हुन् ।

शर्माले दिएको जानकारी अनुसार भोलीबाट देशभर मतदाता नामावली संकलन हुने कार्यालयहरुलाई रोक्न रहालको विवरण पठाउन निर्देशन दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेपछि आयोगको त्यस लगत्तै बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न नपाइने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर