थप ६ हजार १४६ जना संक्रमणमुक्त, १ हजार ५७० जनामा संक्रमित , १३ जनाको मृत्यु — OSNepal

थप ६ हजार १४६ जना संक्रमणमुक्त, १ हजार ५७० जनामा संक्रमित , १३ जनाको मृत्यु

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ९ लाख १५ हजार ४८९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर