महामारीको बेला डेटिङमा निस्किएका टाइगर श्राफ र दिशा पटानी बिरुद्ध प्रहरीद्धारा एफ आइ आर दर्ता — OSNepal

महामारीको बेला डेटिङमा निस्किएका टाइगर श्राफ र दिशा पटानी बिरुद्ध प्रहरीद्धारा एफ आइ आर दर्ता

LC (KTM) June 03, 2021 0

महामारीमा राज्य सरकारले तोकेको नियम भित्र नबस्दा धेरै जसो बलिउडकर्मीहरु बिरुद्ध पछिल्लो समय मुद्धा दर्ता हुने क्रम बढेको छ । पछिल्लो पटक बलिउडका एक्सन हिरोको रुपमा उदाउँदै गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशापटानी बिरुद्ध मुम्बई पुलिसले एफआईआर दर्ता गरेको छ ।

उनीहरुले लकडाउनको अवज्ञा गरेको भन्दै मुद्धा दर्ता गरिएको हो । दुबै प्रेमिल जोडी मंगलबार अर्थात १ जूनमा दिउँसो मुम्बईको ब्यान्डस्ट्यान्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लकडाउनमा बाहिर निस्कनुको सही कारण उनीहरुले दिन नसके पछि अहिले एफआईआर दर्ता गरेको हो । दुबै जना डेटिङका लागि बाहिर निस्किएका थिए ।

मुम्बई पुलिसका अनुसार दुबैविरुद्ध धारा १८८ अन्तर्गत केस दर्ता गरिएको छ । महाराष्ट्रमा १५ जूनसम्म कोरोना कफ्र्यु छ र बिहान ७ देखि २ बजेसम्म मात्रै बाहिर निस्कने छुट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर