बलिउडलाई चलायमान राख्दै ओटीटी प्लाटफर्म, रितेश देशमुखको आउँदो फिल्म पनि ओटीटी मै हेर्न सकिने — OSNepal

बलिउडलाई चलायमान राख्दै ओटीटी प्लाटफर्म, रितेश देशमुखको आउँदो फिल्म पनि ओटीटी मै हेर्न सकिने

LC (KTM) June 03, 2021 0

कोरोना महामारीको बेला बलिउड भने चलायमान नै रहेको छ । सिनेमाघर बन्द भए पनि डिजिटल प्लाटफर्म बाट बलिउड पछिल्लो पटक चलिरहेको हो । यस्तो अवस्थामा बलिउडका अभिनेता रितेश देशमुख पनि ओटीटीमा प्लाटफर्ममा चलचित्र सुरुवात गर्न खोजिरहेका छन् ।

शाशंक घोषको चलचित्रमा रितेशलाई प्रमुख भूमिकाको रुपमा देख्न सकिन्छ । उक्त फिल्म फरबरीमा छायांकन हुने भारतीय संचारमाध्यहरुले जनाएका छन् । सो चलचित्र नेटफ्लिक्समा प्रदर्शन हुने बताइएको छ ।

ओटीटी प्लाटफर्म सिनेमा घरमा प्रदर्शन हुन नसकेका चलचित्रहरुलाई इन्टरनेटको माध्यमबाट हेर्ने मिल्ने ठाँउ हो। अहिले बलिउडलाई यहि माध्यमले चलायमान राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर