कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त — OSNepal

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

LC (KTM) February 07, 2022 0

काठमाडौं, २४ माघ-नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर