देउवा र प्रचण्ड एमसीसीका पदाधिकारीलाई लेखेकोपत्र कुटनीतिक मर्यादा विपरित छ, उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ — OSNepal

देउवा र प्रचण्ड एमसीसीका पदाधिकारीलाई लेखेकोपत्र कुटनीतिक मर्यादा विपरित छ, उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पदाधिकारीलाई लेखेको कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

अध्यक्ष प्रचण्ड र देउवाले लेखेको पत्र सार्वजनिक भएपछि नेता थापाले उक्त पत्र कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको दावी गरेका छन् ।

सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक भएको भन्दै नेता थापाले देउवा र प्रचण्डले जनता समक्ष माफी माग्नु पर्ने बताएका छन् ।

प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा ःएमसीसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ। कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ।उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।

उनले लेखेका छन् , प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा ःएमसीसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ। कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ।उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर