कोरोना महामारीकाबिच भारतमा रेल मार्गमा परेर आठ हजार ७०० जनाको ज्या न गयो — OSNepal

कोरोना महामारीकाबिच भारतमा रेल मार्गमा परेर आठ हजार ७०० जनाको ज्या न गयो

LC (KTM) June 03, 2021 0

नयाँ दिल्ली, २० जेठ – भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृ त्यु भएको छ । कोरोनाको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृ त्यु भएको अधिकारीहरूले जनाएका छन् । मृ त्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् ।मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो । प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृ त्यु भएकाहरूको खास सङ्ख्या भने आठ हजार ७३३ रहेको छ ।

लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुदै हिडेर आ आफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृ त्यु भएको पाइएको छ ।“लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृ त्यु भएको हो,” एक अधिकारीले भने रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पार्नुभयो । पीटीआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर