माधुरीको लेहंगाको सामाजिक सञ्जालमा चर्चा, मुल्य नै ७२ हजार ५ सय भारु — OSNepal

माधुरीको लेहंगाको सामाजिक सञ्जालमा चर्चा, मुल्य नै ७२ हजार ५ सय भारु

LC (KTM) June 03, 2021 0

कोरोनाको महामारीको बेला काम नभएपछि घरै बसेका बलिउडका सेलीब्रेटीहरु अचेल सामाजिक सञ्जालमा निक्कै क्रियाशिल भईरहेका छन् । उनीहरु आफ्ना फ्यान संग जोडिने एउटा गतिलो माध्यम समेत बनेको छ सामाजिक सञ्जाल ।

आफ्ना दुःख , इमोशन, ग्ल्यामर्स, रिस, तनाव सबै शेयर गर्ने माध्यम बनेको छ सामाजिक सञ्जाल । यस्तै बलिउड अभिनेत्रीले अहिले सबैको ध्यान खिच्न सफल भएकी छिन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेहंगा लगाएर भारतीय लुकको फोटो सार्वजनिक गरेकी बलिउड अभिनेत्री माधुरी दिक्षितको आकाशे रंगको लेहंगा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

उक्त लेहंगाको मूल्य ७२ हजार ५०० भारतीय रुपैया रहेको छ । लेहंगामा निकै सुन्दर देखिएकी माधुरीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर