चार वर्ष र ६ वर्षका दुई छोरा छाडेर हराएकी श्रीमती कमलाको खोजिमा पति अर्जुन,भन्छन् 'उनी घर फर्केर आइदिए मात्रै पुग्छ अरू मलाई केही चाहिदैन' — OSNepal

चार वर्ष र ६ वर्षका दुई छोरा छाडेर हराएकी श्रीमती कमलाको खोजिमा पति अर्जुन,भन्छन् ‘उनी घर फर्केर आइदिए मात्रै पुग्छ अरू मलाई केही चाहिदैन’

LC (KTM) February 06, 2022 0

काठमाडौं, २३ माघ -मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलनले चार महिना अगाडीदेखि श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापागाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए ।

गलैचा कारखानामा काम गर्ने भोलनले भने,‘सबै प्रहरी प्रशासनमा खबर गरे पनि अहिलेसम्म केही पत्ता लागेको छैन । घरमा दुई वटा छोरा छन्, उनीहरूको बिचल्ली भएको छ ।’ माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए । उनीहरूको एउटा चार वर्ष र अर्को ६ वर्षको छोरा भएको उनले जानकारी दिए । उनले श्रीमती तास खेल्ने र आफूले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए ।

असोज ३० गते चापागाउँबाट हराएर एक हप्ता पछाडि माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफूलाई फोन गरेर घर फर्कन्छु भनेर कमलाले आफूलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे । ‘चाँडै नै घर आउँछु भनेको बुढी आजसम्म पनि फर्केकी छैन । उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो । अरू मलाई केही चाहिएको छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर