एमसिसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव — OSNepal

एमसिसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव

LC (KTM) February 06, 2022 0

काठमाडौं, २३ माघ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अि सारेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले एमसिसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो । तीत दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए । तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसिसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले एमसिसीका विषयमा पहिले सत्ता गठबन्धनबाट समान दृष्टिकोण आउनु पर्ने बताएका थिए । सत्ता गठबन्धनबीच पनि फरक फरक धारणा आउनु उपयुक्त नभएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर