कोरोना संक्रमित थपिदै गएपछि झापामा तेस्रो पटक निषेधाज्ञा थपियो,हप्तामा दुई दिन मात्रै यि पसल खोल्न पाइने — OSNepal

कोरोना संक्रमित थपिदै गएपछि झापामा तेस्रो पटक निषेधाज्ञा थपियो,हप्तामा दुई दिन मात्रै यि पसल खोल्न पाइने

LC (KTM) June 03, 2021 0

झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर