प्रचण्डद्वारा अमेरिकालाई पत्र पठाएको सार्वजनिक भएपछि यस्तो फरक कुरा गरे नारायणकाजीले — OSNepal

प्रचण्डद्वारा अमेरिकालाई पत्र पठाएको सार्वजनिक भएपछि यस्तो फरक कुरा गरे नारायणकाजीले

LC (KTM) February 06, 2022 0

काठमाडौं, २३ माघ-माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन् ।

‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उनले आइतबार ट्विट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर