काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज आमनेसामने हुने भएका छन् । ओली प्धानमन्त्रीबाट बाहिरिएपछि दुवैले एकअर्कालाई आरोप प्रत्यारोपमात्रै गरेनन् बोलचालकै अवस्था समेत बन्द भएको थियो ।
तर आज सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता तय भएसँगै यी दुई नेताहरु आमनेसामने हुन लागेका हुन् ।
आजको बैठकमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०लगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक दिउँसो ४ बजेबाट सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।