प्रदेश १ मा ८ मन्त्री नियुक्त, को - को भए नियुक्त ? — OSNepal

प्रदेश १ मा ८ मन्त्री नियुक्त, को – को भए नियुक्त ?

LC (KTM) February 06, 2022 0

मोरङ २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार थप आठ मन्त्रीलाई नियुक्त गरेसँगै राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नियुक्त हुनेमा मन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर कृषिमन्त्रीमा , खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा रामकुमार राई नियुक्त भएका छन् ।

त्यसैगरी , नेकपा ९एकिकृत समाजवादी पार्टीबाट सामाजिक विकासमन्त्रीमा राजन राई,पर्यटन तथा संस्कृतिमन्त्रीमा खिनु लङ्वा लिम्बु र सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरे नियुक्त भएका छन् ।

साथै , नेपाली कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम नियुक्त भएका छन् ।

नियुक्त भएका सबै मन्त्रीहरुलाई आजै शपथ ग्रहण गरिने कार्यक्रम रहेको छ । गठवन्धन दलमा मन्त्रालयको भागवण्डामा सहमति नमिलेपछि प्रदेश १ मा सात मन्त्रालयलाई फुटाएर १३ बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर