धेरै फिल्ममा सख्त आमाको रोल निभाएर बलिउडमा एकदमै राम्रो छाप छोडेकी कलाकार ललिता पवार लाई नचिन्ने शायद कोही छैन । ९ बर्षको उमेरमा बलिउडमा प्रबेश गरेकी ललिता पवारले कैयौ दशक एक से एक फिल्ममा आफ्नो अभिनयलाई प्रस्तुत गरिसेकेकी छिन् ।
उनले आफ्नो कुशल अभिनयका माध्यमबाट धेरै दर्शकको मनमा ठाउँ बनाएकी थिईन् । उनले करिब ७ सय भन्दा बढी फिल्ममा काम गरेको रेकर्ड समेत बनाएकी थिईन् ।
उनले हरेक फिल्ममा क्यारेक्टर आर्टिस्टको परिचय बनाए पनि उनी कहिले अभिनेत्रीको रुपमा आउन सकीनन् । उनी वास्तवमा अभिनेत्री बन्न चाहान्थिन । तर उनको दुर्भाग्य उनले यो सपना पुरा गर्न सकिनन् ।
यस्तो छ उनको दुःखदायी कहानी :
१९४२ मा आएको फिल्म जंग ए आजादीको शुटिंगको दौरानमा उनको को–स्टार भगवान दादाले ललितालाई यति जोडले झापड हाने जस्का कारण उनको जिन्दगी नै तहस नहस बन्यो ।
शुटिंगको दौरानमा हानेको उक्त झापडले उनको कानको जाली नै फुट्यो र एउटा आँखा पनि खराब हुन पुग्यो । अस्पताल भर्ना भएकी उनको अस्पतालमा गलत उपचार भयो र दिन दिनै उनको स्वास्थ्य अवस्था झन् खराब हुदै गयो ।
उनको शरिरको एउटा पाटो नै चल्न नसक्ने अवस्थामा पुग्यो । केही समय पछी उनी फेरी दोस्रो पटक फिल्मी दुनियाँमा आईन् । त्यसपछि कैयौ भुमिकामा देखिईन् तर उनको रामानंद सागरको ऐतिहासिक सिरियल रामायणमा मंथराको रोल एकदमै जबरजस्त रहेको थियो । उनलाई आज पनि यसैका कारण सबैले याद गरिरहन्छन् ।
उनको फिल्म निर्माता गणपतराव संग भएको थियो । तर दुःखको कुरा उनको आफ्नै बहिनी उनको सौता बनेर आईन् । त्यसपछि उनको पतिले समेत उनको साथ छोडिदिएका थिए । यसका कारण उनलाई हृदयमा गहिरो चोट लाग्यो जसका कारण उनको निधन १९९८ मा भएको थियो ।