राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश — OSNepal

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

LC (KTM) June 03, 2021 0

काठमाडौँ, २० जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ ।निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।

डोटीdf जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो:- कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिनुभयो ।जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० पुगेको छ । कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले अकालमा ज्यान गुमाएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर