सानो गल्तिले कञ्चनपुरमा मिलको पट्टामा कपडा बेरिएर सदाका लागि अस्ताइन ११ वर्षीया ललिता — OSNepal

सानो गल्तिले कञ्चनपुरमा मिलको पट्टामा कपडा बेरिएर सदाका लागि अस्ताइन ११ वर्षीया ललिता

LC (KTM) February 05, 2022 0

कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन् । घटनास्थलमै बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ ।

मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ । बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर