मिलको पट्टामा बेरिएर ११ वर्षीया बालिकाको मृत्यु — OSNepal

मिलको पट्टामा बेरिएर ११ वर्षीया बालिकाको मृत्यु

LC (KTM) February 04, 2022 0

कञ्चनपुर, २१ माघ – कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन् ।

घटनास्थलमै बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ । मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ । बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर