ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै — OSNepal

ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै

LC (KTM) February 04, 2022 0

सप्तरी, २१ माघ-सप्तरीको महदेवा गाउँपालिका १ कि २२ वर्षीया कविता रजकले यहीँ पुस महिनामा दोस्रो सन्तान छोरीलाई घरमै जन्म दिइन्। उनी पहिलो पटक पनि घरमै सुत्केरी भएकी थिइन्। रजकले भनिन्,´ दुई छोरीलाई घरमै जन्म दिएपनि गर्भवती हुँदा दुवैको पालोमा दुई पटक डाक्टरसँग चेकजाँच गराएकी थिए।`

सुत्केरी हुने दिन बिहान ४ बजेदेखि तल्लो पेट दुख्यो । बिहानै सासुले सुडेनीलाई बोलाएर ल्याउनुभयो।सुडेनीले अस्पताल लानुपर्दैन्।एक छिनमै घरमै बच्चा जन्मिन्छ भने पछि अस्पताल तिर नगएर बच्चा जन्मिने पर्खाइमा परिवारका सबै सदस्य बसेको कविताले बताइन् । उनले थपिन्,´नभन्दै बिहान आठ बजे सजिलै सुत्केरी भए । उनी ८ कक्षासम्म पढेकी छिन् । उनको परिवारमा कोही पनि शिक्षित छैनन् ।

सुत्केरी गराउन अस्पताल नै जानुपर्छ भन्ने मान्यता परिवारको कुनै सदस्यको नरहेको कबिताको भनाइ छ । उनकि जेठानीले पनि तीन सन्तान घरमै जन्माएको उनले बताइन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका कन्कट्टाकी ३२ बर्षिया सुनिता रजकले आफ्ना तीन सन्तानलाई घरमै जन्म दिइन् ।उनले भनिन्,´कान्छो छ‍ोरा छ महिनाको भयो। घरमा सजिलै सुत्केरी भए।` गर्भवती भएको बेला पनि उनले एक पटक पनि डाक्टर सँग चेक जाँच गराएकी थिइनन्। नत कुनै औषधी नै खाएकी थिइन् ।

त्यस्तै राजविराज नगरपालिका १ डुमरीकी ममता यादवले आफ्नो पहिलो सन्तानलाई यहि पुसको पहिल‍‍ो हप्ता घरमै जन्म दिइन्।उनले भनिन्,´गर्भवती भएको थाहा पाएपछि डा.संग जाँच गराएकी थिए ।` त्यसपछि स्वास्थ्यमा कुनै समस्या नआएपछि पुनःजाँचको लागि डा. कोमा नगएको ममताले बताइन् ।

उनले थपिन्,´हाम्रो गाउँमा अहिले पनि ५० प्रतिशत सुत्केरी घरमै हुने गरेका छन् । जानेर वा नजानेर अहिलेपनि हाम्रो जिल्लाको ग्रामीण भेगका अशिक्षित परिवारले अहिले पनि घरमै सुत्केरी गराउने गरेको अवकाश प्राप्त सिनियर स्टाफ नर्स रेखा देवले बताइन् । उनले भनिन्,´ कतिको त सुत्केरी हुन नसकेपछि जटिल समस्या भएर र कति सुत्केरी भएर आमा वा शिशु वा दुबै जटिल अवस्था अस्पताल आउने गरेका छन् ।

गर्भवती भएपछि कम्तिमा पनि चार पटक चेक जाँच गराउनु पर्छ।आमा र शिशुको ज्यान जोखिम हुन नदिन अस्पतालमा नै सुत्केरी गराउनुपर्ने चाहना नेपाल सरकारको चाहना रहेको र आमा र बच्चा पनि अस्पतालमै सुरक्षत हुने भएपनि कतिपनि परिवारले त्यसो नगरेर अझै आलटाल गर्दै आएको प्रसुति रोग बिशेषज्ञ डा. उषा देव बताउँछिन् ।अस्पतालमा सुत्केरी गराएपछि आमा सुरक्षा कार्यक्रम अनतर्गत सुत्केरी गराई निशुल्क, घर फर्किने बेलामा यातायात बापत १ हजार रूपैयाँ दिने प्रावधान रहेको स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताइन् ।

उनले भनिन्,´ सुत्केरी महिलाको रगत ओ निगेटिभ छ, भने सुत्केरी भएको ७२ घण्टा भित्र दिनुपर्ने सुई पनि अस्पतालले निशुल्क लगाई दिन्छन् ।अस्पतालले डिस्चार्ज गर्ने बेलामा बर्थ सकिपिकेट दिन्छ।त्यो पनि एउटा पहिचानको ठूलो आधार हो । त्यसैले ज्यानलाई जोखिममा पारेर घरमा सुत्केरी हुनु भन्दा अस्पताल हुन अत्यन्तै जरुरी रहेको महिला स्वास्थ्य स्वयं सेविका पुनिता कर्णले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर