आज एकै दिन १६ जना संक्रमितको मृत्यु — OSNepal

आज एकै दिन १६ जना संक्रमितको मृत्यु

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जना गरी २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् ।

संक्रमित मध्ये ७४५ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर