जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित — OSNepal

जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । डा सिके राउत नेतृत्वको जनमत पार्टीको जारी आन्दोलन स्थगित भएको छ ।

आज शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गएराति आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध गर्दैै कार्यक्रम स्थगित गरेको हो ।

किसान आन्दोलनमा समर्थन तथा एकबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूलाई समेत आभार प्रकट गरिएको छ ।

यस्ता छन् बैठकको निणर्यहरु ;

१. २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं।

२. २०७८ माघ २० गते रातिबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ। त्यस अन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हन अनुरोध छ।

३. मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिनेछ।

४. किसान आन्दोलनमा समर्थन तथा एकबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर