सिन्धुली-कोरोना लागेकी एक सय वर्षकी आमाले कोरोना जितेकी छन् ।सिन्धुली कमलामाई नगरपालिका–६ की छि एक सय वर्षकी इन्दिराकुमारी थापाले कोरोनालाई जित्न सफल भएकी हुन् । जेठ १३ गते बिहीबार कोभिड अस्पतालमा भर्ना भएकी उनले एकसातामै कोरोना जितेर घर फर्केकी हुन् ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल सय वर्षकी आमाले कोरोना जित्दा खुशी लागेको बताइन् ।‘स्वास्थ्य सुरक्षामा परिवारले गरेको व्यवस्थापन, समयमा अस्पताल भर्ना र डाक्टरहरूको अथक मेहनत तथा वृद्धा आमाको दृढ आत्मबलका कारण सजिलै कोरोना जितेको पोखरेल ले बताए ।
छोरीले समयमा अस्पताल लगेकी हुनाले म बाँचेकी हुँ। मसँग ऊबेला सुकामानो घ्यू खाएको बल रहेछ’, उनले भनिन्, ‘त्यही भएर आज म सय वर्षकी वृद्धासँग पनि कोरोना भाइरसले हार्यो, मैले जितेँ नले भनिन् ।परिवारका सदस्य चिन्तित भए पनि आमाले चिन्ता नलिएको उनकी छोरीले बताइन् ।