कारोवारको रकम एकलौटी हुने लोभमा तिन साझेदारको हत्या गर्ने तिन अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्यो — OSNepal

कारोवारको रकम एकलौटी हुने लोभमा तिन साझेदारको हत्या गर्ने तिन अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्यो

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । कारोवारको रकम एकलौटी हुने लोभमा परी साझेदार तिन जनाको हत्या गर्ने तिन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी अभियुक्त सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनारलाई सार्वजनिक गरेको हो ।

कारोवार साझेदार राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको हत्या गरी उनीहरुको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको थियो ।

अर्का साझेदार मोहन लिम्बुको हत्या गरी उनको शव ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा बिहिबार फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर