बङ्गलादेशमा रहेका नेपालीद्धारा नेपाललाई कोरोना विरुद्धको स्वास्थ्य सामग्री प्रदान — OSNepal

बङ्गलादेशमा रहेका नेपालीद्धारा नेपाललाई कोरोना विरुद्धको स्वास्थ्य सामग्री प्रदान

LC (KTM) June 03, 2021 0

काठमाडौँ, २० जेठ- बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ ।त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध:- नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ । तीन दिन अगाडि काठमाडौँमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य समग्री आज अस्पताललाई उपलब्ध गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँबाट गृहजिल्ला ताप्लेजुङमा नेता भट्टराईले पठाउनुभएको हो । सामग्रीमा अक्सिजन सिलिण्डर ४० लिटरका १० थान, पिपिई ३० थान, पल्स अक्सोमिटर तीन थान र २०० थान एन्टिजेन किट रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले बुझाउनुभएको हो ।

उच्च गुणस्तरका ३० थान पिपिईमध्ये क्यानडामा रहेका ताप्लेजुङवासी घनश्याम भट्टराई र दिलप्रसाद याक्सोबाट २५ थान तथा उत्पादक व्यवसायी इरशाद अलीबाट पाँच थान उपलब्ध गराइएको हो । स्वास्थ्य सामग्री ढुवानीका लागि दुई गाडी नेता भट्टराईले नै व्यवस्था गरेर झापासम्म र झापाबाट ताप्लेजुङसम्म ढुवानी सेवाले सौजन्यमा ढुवानी गरेको प्रदेशसभा सदस्य साम्सोहाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर